ब्राजिल कोपा अमेरिकाको फाईनलमा

काठमाडौं, २२ असार : ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।

सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको ओलम्पिक स्टेडियममा भएको खेलमा ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले निर्णायक गोल गरे ।

खेलको ३५ औं मिनेटमा लुकासले गरेको गोल नै टिमलाई जित दिलाउन पर्याप्त भयो । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका थिए ।

ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाइनलको खेल भोलि बिहान हुनेछ । ब्राजिल साविकको विजेता टोली पनि हो । ब्राजिलले गत सिजनको फाइनलमा चिलीलाई हराएको थियो ।

नौ पटकको विजेता ब्राजिलले सन् २०१९ को उपाधि भिडन्तमा पेरूलाई पराजित गर्दै उपाधि जितेको थियो ।

ब्राजिलले २००४ र २००७ मा लगातार उपाधि जितेको थियो । दुवै फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई हराउँदै उपाधि कब्जा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.