देशको माटो सुहाँउदो पाठ्यक्रम तयार पार्न प्रा.डा. कोइरालाको सुझाव

काठमाडौं, १४ असार : देशको माटो सुहाँउदो पाठ्यक्रम तयार पारी अनलाईन कक्षा दिन प्रा.डा. कोइरालाको सुझाव दिएका छन् ।

विश्व मानव जगतलाई नै चुनौती दिई रहेको कोभिड-१९ बाट श्रृजित अवस्थामा तपाईँ हामी घरभित्र थुनिएर बस्न बाध्य भएका छौँ ।

यस विषयम परिस्थितिमा हामीले जस्तो बादल बझ्छ त्यस्तै नाच्नु र्ने बाध्यता हुन्छ । जुन कुनै क्षेत्रमा पनि यसले पारेको नकारात्मक एवम् सकारात्मक चुनौती भने अवस्य पनि पारेको छ । यसले विषेश गरी शैक्षिक जगतलाई भने हाम्रो जस्तो भौगोलिक विविधता र सांस्कृतिक विविधतामा झनै नराम्रो असर गरेको छ ।

यसै सिलसिलामा राजधानीस्थित प्रोलिफीक स्ुकल/कलेजले “अनलाईन कक्षा, प्रभावकारीता र यसका चुनौती” शीर्षकमा अनलाईन शैक्षिक बहस कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक क्षेत्रका मुर्धन्य व्यक्ति प्रा. डा. विद्यानाथ कोइरालाज्यू प्रमुख वक्ताकोरुपमा रही आजको यस विषम परिस्थितिमा अनलाई कक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा आफ्ना भनाईहरु राख्नु भएको थियो ।

अनलाईन कक्षालाई प्रभावकारी बनाउनको लागि हाम्रो देशको माटो सुहाँउदो पाठ्यक्रम तयार पारी विद्यार्थीहरुलाई त्यस सम्बन्धी ज्ञान दिन सकेमा अझ राम्रो हुने कुरा कोइरालाज्यूले बताउनु भयो । यस सम्बन्धमा नत हाम्रो अभिभावक शिक्षा मन्त्रालय, शिक्षा विभाग र जिल्ला स्थित शिक्षा कार्यालयहरुले, नत कर्मचारी, नत शिक्षकहरुबाट र नत यस क्षेत्रका विज्ञहरुबाट नै यसलाई प्रभावकारी ढंगले सञ्चालन गरेको र सञ्चालनको लागि सुझाव नै दिइएको पाईयो ।

हाम्रो पूर्वीय दर्शनबाट सुरु भएको पुष्प विमानको परिकल्पनाले आज विश्व यती साघुरो अवस्थामा पुगेको छ भने हामीले हाम्रो सांस्कृतिक विविधता, भौगोलिक विविधतालाई मध्यनजर राखी यसका वैज्ञानिक दृष्टिकोणलाई कहिलै पनि आत्मसाथ गर्न नसकेको कुरा प्रा.डा. कोइरालाले बताउनु भयो । हाम्रो मूलुकमा करिब १९ प्रतिशत जनता अति विपन्नताको रेखामुनी रहेको तथ्याङ्कले देखाएको छ ।

यस अवस्थामा अनलाई कक्षाका लागि चाहिने इलोक्टनिक डिभाइस लगायत अन्य सामाग्रीको व्यवस्था गर्नको लागि ती परिवारहरुसँग पहुँच नै पुग्छ । यस अवस्थामा राज्यले गर्नु पर्ने निम्नतम आधार पनि खडा नभएको अवस्थामा यसको प्रभावकारीतामा प्रश्न चिन्ह उठ्नु स्वाभाविकै हो । त्यसैले हाम्रो अवस्था र पहुँचका आधारमा विद्यार्थीहरुलाई शिक्षण सिकाईको तरिकालाई परिमार्जन गरी भूगोल सुहाउँदो हुनु नै आजको समाधान हो ।

यसैगरी उपप्राध्यापक वाइ.पी. आचार्यले सकारात्मक सिकाईका लागि हामीले उपयुक्त वातावरण दिन सकेमा र विद्यार्थीको सिक्न खोज्ने चाहानाले उनीहरुको इच्छाशक्तिलाई उजागर गर्दछ । आजको विश्व डिजिटल युगमा प्रवेश गरेको सन्दर्भमा विद्यार्थीहरुले विषयको छनौट गुगलबाट सर्च गरेर आफूलाई मन पर्ने विषयहरुको बारेमा जानकारी राख्न सकिने कुरा बताउनु भएको थियो । यसैले जोसुकै व्यक्ति सफल वा असफल हुनमा ऊ आफै स्वयम् जिम्मेवार रहने कुरा पनि वहाँले बताउनु भयो ।

विज्ञान, व्यवस्थापन, कानून, मानवीकी र शिक्षा समूहमा अध्यायपन गराई रहेको प्रोलिफिक स्कुल/कलेजले एसईई दिएर बसेका सम्पूर्ण समूहका विद्यार्थीहरुको लागि निःशुल्क ब्रिर्ज कोर्सका कक्षाहरु पनि अनलाईन जुम एपबाट सञ्चालन गरिरहेको प्राचार्य श्री गोपालबहादुर महतले बताउँनु भयो । उहाँले यस शैक्षिक बहस कार्यक्रममा नेपालभरबाट करिब ३०० जनाको सहभागिता रहेको पनि उल्लेख गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.