चार वटा गैंडा मारेको अभियोगमा राजमान थापा कारागार चलान

चितवन, १४ असार : चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा पक्राउ परेका राजमान थापा मगर कारागार चलान भएका छन् ।

नवलपुर गैंडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

मगर चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैंडा मुद्दाका फरार प्रतिवादी हुन् । पक्राउ पर्ने भएपछि गत शुक्रबार मगरले आफैं अदालतमा उपस्थित हुने भन्दै स्थानीय संरक्षणकर्मीहरु समक्ष आत्मसर्मपण गरेका थिए ।

मगरको नाममा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा दुई तथा चितवन जिल्ला अदालतमा एउटा मुद्दा दायर गरिएको छ ।

थापासहित यस वर्ष गैंडा मुद्दामा २७ जनालाई पक्राउ गरी कानूनी कारबाही गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.