रुम टु रीड र सूर्योदय क्लवद्वारा ६९ घरपरिवारलाई खाद्यान्न सहयोग

मिरा मल्ल । स्याङ्जा, १२ असार : रुम टु रिड, पढ्नका लागि कोठाको आर्थिक सहयोग भीरकोट नगरपालिका र कालीगण्डकी गाँउपालिकाको सहकार्य र सूर्योदय क्लव स्याङ्जाको आयोजनामा भीरकोट नगरपालिका र कालीगण्डकी गाँउपालिकाका ६९ घरपरिवारलाई खाद्यन्न राहत सहयोग वितरण गरिएको छ । कोरोनाको महामारीले सृजित अभावका कारण खाद्य संकटमा रहेका परिवारका लागि सहयोग गरिएको थियो ।

प्रति परिवारका लागि २५ केजी चामल, ५ केजी दाल, १/१ केजी नुन, चिनी, १ लिटर तोरी तेल, ६/६ वटा नुहाउने र कपडा धुने साबुन, २ केजी चिउरा, १८ वटा मास्क सहयोग गरिएको क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनु भयो ।

खाद्य संकट भएका परिवारका लागि खाद्यन्न सहयोगको कार्यक्रम केही हद सम्म भए पनि राहत पुग्ने भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले बताउदै थप सहकार्य गर्न भीरकोट नगर तयार रहेको बताउनु भयो । शैक्षिक क्षेत्रमा उल्लेखनीय सहयोग गरेको रुम टु रीड र सूर्योदय क्लवले यस महामारीको अवस्थामा राहात सहयोगको सहयोगी हात फैल्याएकोमा खुसी ब्यक्त गर्नुभएको थियो ।

खाद्यान्न सहयोग वडा स्तरमा नै पुगेर वितरण गरिएको थियो । करिव २ लाख १५ हजार बराबरको सहयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.