सरकारी अस्पताल र मेडिकल कलेजबाट मात्रै कोरोनाको निशुल्क उपचार हुने

काठमाडौं, ८ असार : बुधबारदेखि सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरूबाट मात्रै कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ ।

सरकारले कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पतालहरूलाई कोभिड अस्पताको सूचीबाट हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलीदेखि लागु हुनेगरी यस्तो निर्णय गरेको जनाएको हो ।

यसअघि कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरिएका अस्पतालहरूलाई आजसम्म अस्पताल भर्ना भई उपचाररत संक्रमितहरूको आजकै मितिले दस दिनसम्मको मात्रै सोधभर्ना रकम उपलब्ध गराउने पनि जनाएको छ ।

साथै सबै निजी अस्पतालहरूलाई सरकारले तोकेको दररेटभन्दा बढी शुल्क लिएर संक्रमितको उपचार नगर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.