काठमाडौं महानगरपालिकाले स्थगित गरेकाे खोप अभियान सोमबारदेखि पुन: सुचारु

काठमाडौं, ३० जेठ : काठमाडौं महानगरपालिकाले स्थगित गरेको खोप अभियान सोमबारदेखि  पुन: सञ्चालन गर्ने भएको छ । ६० देखि ६१ वर्ष उमेर समूहकालाई पहिलो मात्राको डोज खोप साेमबार र मंगलबार दुई दिन लगाउने महानगरपालिकाका जनस्वास्थ्य प्रशासक प्रमुख बद्रीबहादुर खड्काले  सूचना जारी गरी जानकारी दिएका छन् ।

खड्गाका अनुसार  बिहान १० बजेदेखि चार बजेसम्म खोप अभियान सञ्चालन गरिनेछ । ३१ गते सोमबार खोप वीर अस्पताल,शिक्षण अस्पताल महाराजगंजमा लगाइनेछ। त्यस्तै,१ गते मंगलबार  वीरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल बानेश्नरमा लगाइनेछ ।

महानगरपालिकाले यसअघि महानगरभित्रको सबै वडामा खोप कार्यक्रम सञ्चालन गरेपनि २७ गतदेखि खोप लगाउने कार्यक्रम रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.