पर्यटकिय दृष्टिकोणले भक्तपुरको बिकासको केही आयोजनाहरु

सूर्यविनायक नगरपालिकामा पर्ने डोलेश्वर महादेव मन्दिर नजिकबाट देखिएको भक्तपुुर शहरको दृश्य । तस्वीर : चन्द्रकला क्षेत्री

मनोज गिरी । भक्तपुर, २२ जेठ : बिश्व परिवेशमा बिकासका बिबिध परिभाषाहरु आएका छन् । आधुनिक मुलुकलाई छाड्ने हो भने हामी अझै सँरचना निर्माणकै चरणमा छौं, हाम्रो देशमा आवश्यक मात्रामा सुलभ यातायातको सँरचना बनि सकेको छैन । हामीले अझै बिकासलाई रोजगारीसँग जोडेर हेर्न जानेकै छैनौँ । यसैको लागि हामीले कर्यौ बर्ष बिताउनु पर्ने छ । खासगरी यस लेखमा भक्तपुरलाई कसरी बिकास गर्ने भन्ने बिषयमा केन्द्रीत छ ।

तिनकुने–जडिबुटी र तिनकुने–पेप्सीकोला सुरुङ

केहि समय अगाडिसम्म भक्तपुरलाई उपत्याकाको कर्णाली भनिन्थ्यो । तर कोटेश्वर सुर्यबिनायक सडक फराकिलो पार्ने बित्तिकै यो शहरको रौनक फेरिएको छ । हाल आएर बस्ती बिस्तार भए सँगै कोटेश्वरमा गाडिहरुको जाम थपिएको छ जसले एकपटक भक्तपुरलाई दुर्गम बनाइदिएको छ ।

यस समस्याको समाधानको लागि यही आर्थिक बर्षमा १ अर्व ८० करोड बजेट बिनियोजन भएको छ । सायद भक्तपुरको जनसँख्याको चाप र सरकारी कार्मचारीहरुको बाक्लो बसाइ भएको कारणले पनि अव सुरुङ बन्ने कुरामा बिस्वास गर्न सकिन्छ ।

यो बाटोको अर्को समाधान भनेको एयरपोर्टबाट पेप्सीकोला निस्कने सुरुङ नै हो । यसको लागि सुरुङ नबनाईकन नै पनि गहिराइबाट बाटो बनाउन सकिन्छ । नेदरल्याण्डको स्किपोल एयरपोर्ट मुनीबाट दर्जनौ बाटोहरु छन् । पेरिसको चार्ल डी गाउले एयरपोर्टमुनी पनि त्यस्तै बाटोहरु छन् ।

सुर्यबिनायक प्राणी उद्यान

सुर्यबिनायक सैनिक आरक्षीत बनमा प्राणी उद्यान बनाउन कार्यको सुरुआत भै सकेको छ । यसका लागि माननिय महेश बस्नेतले गर्नुभएको योगदानको गुण भक्तपुरबासिले सयौँ बर्ष सम्म पनि सँझीरहने छन् । यहाँ प्राणी उद्यानको साथै नौका बिहार, रिसोर्टहरु, साहसिक खेलहरुको लागि प्रसस्तै लगानि गर्न सकिन्छ ।

सुबर्णेश्वर मन्दीरको दक्षिण पश्चिमबाट बग्ने सानो खोलो (सायद बुडी गण्डकी) लाई कटुन्जे र किभाचोकको डिलसम्म बाँध बाँधि पोखरी बनाएर नौका बिहार र त्यो पानीबाट सानो जलबिधुत निकाल्न सकिन्छ जो प्राणी उद्यान नजिकै पर्छ । त्यस्तो आयोजना उपत्याकामा नभएकोले उपत्याकामा अध्ययन गरिरहेका बिद्यार्थीहरुका लागि अवलोकन गर्ने शैक्षिक गन्तव्य बनाउन सकिन्छ । बाँधबाट निकासित पानीलाई प्रसोधन गरेर खानेपानीको लागि प्रयोग गरिए भक्तपुर बासिको पानीको समस्या सदाको लागि अन्त्य गर्न सकिन्छ । यस्ता आयोजना युरोपका सहर सहरमा सँचालीत छन् । बर्लीन सहरको खानेपानीको मुख्य श्रोत भनेकै यसै गरि जमाईएका पानीलाई प्रशोधन गरेर सहरभरि बितरण गरिन्छ जहाँ पानिजहाज चलाएर पर्यटकबाट अतिरिक्त आन्दानी पनि गरीएको छ ।

भक्तपुर पाँचखाल सुरुङ्ग मार्ग

हुनत भक्तपुर देखि पुर्वको बाटोको निकास धेरै अगाडि बनि सकेको हो । तर समय अनुसार यातायातका आधारभुत सँरचनालाई परिवर्तन गर्न नसक्ने हो भने बिकसित जनसँख्या र व्यापारिक गतिबिधिले चर्को समस्याको सामना गर्नुपर्ने हुन्छ ।

यहाँ त्यही अली फरक आधारभुत सँरचनाको बिवेचना गरिन्छ । भक्तपुरको उत्तर–पुर्वी कुनो (सायद झौखेल) बाट पाँचखाल सुरुङ्ग बन्ने हो भने चीनसँगको यातायात मात्रै छोटिन्न पुर्व पश्चिम मध्यपहाडि राजमार्ग छोटिन्छ, पाँचखालको तरकारी सजीलै ढुवानी हुन्छ, भोटेकोशीमा पर्यटकको सँख्या बढ्छ उपत्याका बासीले सजिलै उत्तरतिरको निकास पाउँछन्, बनेपा धुलिखेलको गाडि जाम कम हुन्छ, उपत्याकाको बस्ती बिस्तार हुन्छ, आर्थिक र सामाजिक हिसावले पुर्वी पहाडसँगको सामिप्यता बढाउँछ । समग्रमा यो बाटो रणनैतिक महत्वको छ । कोरियाको राजधानि सोल वरीपरीका डाँडालाई सुरुङ खनेर गाउँहरुसँग जोडिने सयौँ किलोमिटर बाटोलाई थोरै घण्टामा छोट्याइएको छ ।

ठूला तारे होटलको स्थापना

भक्तपुरको मुख्य क्षेत्रमा स्तरिय तारे होटलको अभाव पहिल्यै देखि खड्किएको छ । ठुला खाले होटलले स्तरिय पर्यटक मात्र भित्राउँदैनन् तिनिहरुले स्थानिय स्तरमा उत्पादन भएका बस्तुहरुको खपत पनि बडाउँछन् । ठुला सम्मेलन भए त्यहाँ आउने सहभागिहरु सुरुमा घुम्ने भक्तपुर नै हो । हस्तकलाका सामान खरीद गर्ने यहीँको हो । रोजगारी यहीँको हो । त्यसकारण यहाँ बिदेशी लगानी भएको होटल सँजालको स्थापना हुन जरुरी छ । हामीले निजी सार्वजनिक साझेदारीमा लगानी गर्न सके लगानी गर्न कुनै गारो काम पनि हैन । कोटेश्वर जडिबुटीको जाम हटाउन सके स्वदेश कै लगानिकर्ताहरु लगानी गर्न आकर्षित हुने थिए ।

स्थानिय उत्पादनको प्रवर्धन

खासगरी कुनै मुलुकको नागरिकको आर्थिक स्तर नउठी त्यस देशको समग्र बिकास हुन सक्दैन । आन्तरिक उत्पादनलाई नबढाइ नागरिकको आर्थिक स्तर पनि माथि उठ्दैन । जतिसुकै ठुला आयोजना निर्माण गरे पनि नागरिकले त्यसबाट कति फाइदा लिन सकेका छन् भन्ने बिषय महत्वको हुन्छ । भक्तपुरको कुनै ठाउँमा सुनखानी भेटिदैमा यहाँको बिकास हुन्छ भन्ने छैन । यहीका नागरिकले रोजगारी पाउनु परो, आर्थिक, शैशिक र सामाजिक स्तरको उन्नति हुन परो त्यसपछि त्यस ठाउँको बिकास ढोका खुल्छ ।
भक्तपुरमा उत्पादन हुने हस्तकलाका सामानहरुको बजारीकरण, जुजु धौ लगायतका बस्तुहरुको पहिचान र अन्तराष्ट्रिय ब्राण्डिङलाइ लिन सकिन्छ ।

अन्तराष्ट्रिय स्तरको अनुसन्धान केन्द्र

भक्तपुरलाई अन्तराष्ट्रिय स्तरको अध्ययन केन्द्रको रुपमा बिकास गर्न सकिन्छ । यो क्षेत्र विविध साँकृतिक बिबिधता भएको ठाउँ हो । बिबिध जैबिक बिबिधता भएको स्थान भएकोले कृषिको अनुसन्धान गर्ने स्थान बनाउन सकिन्छ । लण्डनबाट प्लान्ट प्याथोलोजीमा पी.एच.डी. सकाएर आउनु भएका डा. कबिन्द्र कँडेलले दुवाकोट, चाँगुनारायणमा करिव ३ रोपनी जग्गामा फलफुल उत्पादनमा अध्ययन गर्न प्रयोगशाला निर्माण गरिरहनु भएको छ । वहा हाल जापानमा बरिष्ठ कृषि बैज्ञानिकको रुपमा कार्यरत हुनुहुन्छ । यस्तो प्रयोगशालाहरु सरकारी तवर बाटै हुन जरुरी छ । यस्ता केन्द्रले आन्तरिक अध्ययन भ्रमण र बिदेशी अनुसन्धानकर्ता तथा बिद्यार्थीहरुलार्य सजिलै आकर्षण गर्न सक्ने भएकोले जरुरी देखिन्छ ।

राजनैनिक नेतृत्वको भुमिका

जनस्तरमा जतिसुकै मेहनत र प्रयास गरे पनि सरकारी निकायबाट उल्लेख्य भुमिका नभए कुनैपनि काम सफल हुन सक्दैन । भक्तपुरको बिकासमा क्षेत्र नं. २ का माननिय महेश बस्नेतले खेलिरहनु भएको भुमिका निकै सराहनीय छ । तर आधारभुत सँरचनाहरु खानेपानि, बाटो, बिजुली आदिको व्यवस्था निश्चीत भइसकेपछि अन्य बहुआयामीक क्षेत्रको अध्ययन, बिकास र स्थापना भएन भने फेरि हाम्रो गति त्यहीँ रोकिन्छ । त्यस्तै गरि अन्य क्षेत्रका माननीयले पनि यसै गरि ध्यान दिने हो भने ती क्षेत्रको बिकास हुनमा खासै गारो छैन ।

लेखक Tourism Events and Research Center का निर्देशक हुन 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.