चीन र भारतबीचको सीमा विवाद पूरानो : चिनियाँ परराष्ट्रमन्त्री वाङ यी

बेइजिङ, २३ फागुन : चीन र भारतबीच कतिपय स्थानमा विगतदेखि नै जारी रहेको भन्दै यसलाई समाधान गरेर अघि बढ्नुपर्ने चिनियाँ अधिकारीले बताएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले भन्नुभयो, “अहिलेको मुख्य विषय कसरी विश्वका दुई ठूला विकासोन्मुख देशहरू एक भएर बस्न र विकास गर्न सक्छन् तथा कसरी सँगसँगै पुनरूत्थान हुनसक्छन् भन्ने हो ।”

उहाँले भन्नुभयो, “प्राचीन सभ्यतासहित दुई छिमेकी मुलुक र विश्वमा एक अर्ब जनसङ्ख्या भएका दुई उदीयमान अर्थतन्त्रका रूपमा चीन र भारतको साझा रुचि र सहयोगको ठूलो सम्भावना रहेको छ । त्यसैले चीन र भारत मित्र र साझेदार हुन्, शत्रु र विरोधीहरू होइनन् ।”

सीमा विवाद इतिहासदेखि नै बाँकी रहेको बताउँदै उहाँले चीन र भारतले सम्बन्ध मात्रै होइन आपसी मतभेद व्यवस्थापन र नियन्त्रण गर्नु जरूरी रहेको बताउनुभयो ।

उहाँले दृढ सहयोगको माध्यमबाट सीमा समस्याहरूको समाधानका लागि अनुकूल परिस्थिति सिर्जना गर्नुपर्नेमा पनि परराष्ट्र मन्त्री वाङले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.