ब्रिटिश एयरवेजमा न्यूनतम कर्मचारी कटौतीका लागि सहमति

लन्डन, १७ साउन : ब्रिटिश एयरवेजका विमान चालकहरूले २७० कर्मचारी कटौती गर्ने र कार्यरत कर्मचारीबाट २० प्रतिशत ज्याला कम गर्ने सम्झौताको स्वीकार गर्ने पक्षमा मतदान गरेका छन् ।

विमान कम्पनी कोरोनाभाइरसको महामारीबीच आर्थिक प्रभावको सामना गरिरहेको र आर्थिक सङ्कटको सामना गर्न एक हजार २०० विमान चालकसहित १२ हजार कर्मचारी हटाउने कम्पनीको प्रस्तावको सट्टा २७० कर्मचारी कटौती र २० प्रतिशत ज्याला कटौती गर्ने सम्झौतालाई पारित भएको उड्ययन यूनियन (बाल्पा) ले जानकारी गराएको छ ।

सम्झौता अनुसार कर्मचारीको महामारीको समयको वेतनमा २० प्रतिशतले कम गर्ने र दुई वर्षसम्म आठ प्रतिशतले कटौती गरिने छ । उक्त समयपछि ज्यालादर कटौती नहुने बाल्पाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: