बस दुर्घटनामा ११ को मृत्यु, ३० घाइते

जोहनेसबर्ग, १ असोज : दक्षिण अफ्रिकाको लिम्पोपोमा भएको बस दुर्घटनामा परी सोमबार कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनाका कारण अरु ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बस जाम्बियाको रहेको बताइएको छ । “घटनामा परेर ११ जनाको मृत्यु भएको पुष्टी भएको छ,” एक जना यातायात अधिकृत माकोमा माखुरुपेत्जेले सिन्ह्वासँग भन्नुभयो ।

अधिकारीहरुले मृतक तथा घाइतेहरुको पहिचान भइनसकेको बताएका छन् । घाइते मध्ये चालक सहित केही व्यक्तिहरु गम्भीर घाइते भएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.