इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको निधन

काएरो, १३ फागुन : इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको मङ्गलबार निधन भएको छ । उहाँ ९१ वर्षको हुनुहुन्थ्यो ।

करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको भरमा पदच्युत गरिएको थियो ।

उहाँको मृत्युको पुष्टि पूर्वराष्ट्रपतिका छोरा अला मुवारक तथा राष्ट्रपतिको कार्यालयबाट सूचनालाई उद्धृत गरी राष्ट्रिय टेलिभिजनमार्फत गरिएको छ । अलाले आफ्नो ट्वीटमा भन्नुभयो, “हाम्रा पिता होस्नी मुवारकको ९१ वर्षको उमेरमा मङ्गलबार विहान निधन भएको छ ।”

उहाँको अन्तयेष्टि सैन्य सम्मानका साथ बुधबार हुने जनाइएको छ ।

इजिप्टका पूर्व राष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकूद्वारा सन् १९८१ मा हत्या भएपछि मुवारक सत्तामा राष्ट्रपति बन्नुभएको थियो । सन् २०११ जनवरी २५ मा उहाँलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.