रूसका विदेशमन्त्री लाभरोभ अमेरिका जाँदै

मस्को, २० मङ्सिर : रूसका विदेश मन्त्री सेर्गेइ लाभरोभले अर्को हप्ता अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको उहाँका प्रवक्ताले शुक्रबार जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सन् २०१७ मा भएको विवादास्पद भेटवार्तापछि अहिले पहिलो पटक विदेशमन्त्री लाभरोभ अमेरिका जान लाग्नुभएको हो ।

“यही डिसेम्बर १० तारिखका दिन उहाँको भ्रमण हुनेगरी तयारी भइरहेको छ,” रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले भन्नुभयो । उहाँले भ्रमणका बारेमा थप विवरण दिन चाहनुभएन ।

सन् २०१७ को मे पछि ट्रम्पको कार्यकालका आफ्ना समकक्षी आएदेखि नै लाभरोेभले अमेरिकी राजधानीको औपचारिक भ्रमण गर्नुभएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.