तीन दिनमा पचास तालिबान लडाकू मारिए

तालुकान, अफगानिस्तान, १८ असोज : आफगानिस्तानको उत्तरी प्रान्त तखारको बहाराक जिल्लामा तालिबान लडाकू समूह आाखाडाहरुलक्षित हवाई र भूमिमा गरिएको कारबाहीमा परी ५० भन्दा बढी लडाकू मारिएका छन.् ।

गत दिनयता जारी यस कारबाहीमा तीन दर्जन भन्दा बढी लडाकू घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले शनिबार बताउनु भएको छ ।

‘बहाराक जिल्लालाई सशस्त्र विद्रोहबाट मुक्त गरिएको छ र तालिबान विद्रोहीबाट हाल प्रान्तीय राजधानी तालुृकान शहरलाई कुनै खतरा छैन’ हजारीले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

तालिबान आतङ्ककारीहरूले १० दिन अगाडि एउटा आश्चर्यजनक रुपमा बहाराक जिल्लाका प्रमुख भागहरू कब्जा गर्नुलगायत तखारको प्रान्तीय राजधानी तालुकान शहरलाई कब्जा गर्न खोजिरहेका थिए ।

यद्यपि सरकारी सेनाले गएको तीन दिनमा गरेको कारबाहीको क्रममा ५० सशस्त्र लडाकू मारिनुको साथै ३७ भन्दा बढी घाइते भएका हजारीले बताउनु भएको छ ।

जारी यस काराबाहीको कारण छिमेकीमा पर्ने खवाजा घर जिल्लामा रहेका तालिबान लडाकू भाग्न बाध्य भएका हजारीले बताउनु भएको छ ।

यस आतङ्कवाद विरोधी अभियानको क्रममा तीन सुरक्षाकर्मी मारिनुको साथै अन्य छ घाइते भएका हजारीले बताउनु भएको छ ।

सरकारी सुरक्षा बलले अब छिटै खवाजा घर जिल्लामा आतङ्ककारीविरुद्ध अभियान सुरु गर्ने हजारीले बताउनु भएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.