क्यालिफोर्नियामा सडक दुर्घटना, चार जनाको मृत्यु

सान फ्रान्सिस्को, १७ असोज : उत्तरी क्यालिफोर्नियाको राजमार्गमा उल्टो दिशातर्फ मोडिएको एउटा कारले ट्याक्सीलाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।

स्थानीय ट्राफिक प्रहरीका अनुसार कार चलाउने महिला हिल्सबरोकी ३४ वर्षीया एमिली रोस रहेकी थिइन् ।

प्रारम्भिक अनुसन्धानबाट रोसले मदिरा सेवन गरेको खुलेको छ । दुर्घटनाबाट ट्याक्सी चालक ४२ वर्षीय बर्कान्त अहमद र ट्याक्सीमा सवार दुई यात्रु तथा कार चालक रोसको मृत्यु भएको छ ।

यसै वर्ष यस क्षेत्रमा ट्राफिक नियम उल्लंघनका २५ वटा घटना भइसकेको ट्राफिक प्रहरीले जनाएको छ । दशवटा गम्भीर दुर्घटनामा परेर १९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.