लेबनानबाट दुईसय सिरियाली शरणार्थी फर्के

बेरुत, १९ भदौ : लेबनानको सिबाआ क्षेत्रबाट मङ्गलबार करिब दुईसय सिरियाली शरणार्थी आफ्नो गृहभूमि फर्केका छन । उनीहरु मस्नाआ सीमा इलाकालाई पार गर्दै आफ्नो गृहभूमि फर्केको स्थानीय समाचार समिति एनएनएले जानकारी दिएको छ ।

लेबनानमा रहेका ती सिरियाली शरणार्थीहरु शिबाआको एउटा सार्वजनिक विद्यालयमा जम्मा भएका थिए । कडा सुरक्षा बीचमा उनीहरुलाई बसहरुमा आफ्नो गृहभूमि फर्काइएको एनएनएले जानकारी दिएको छ ।

करिब दश लाख सिरियाली शरणार्थी लेबनानमा रहेका संयुक्त राष्ट्रसंघीय उच्चायोगमा दर्ता भएको मानव अधिकारसम्बन्धी एक एनजिओले बातएको छ । तर लेबनानी सरकारी तथ्याङ्कले भने १५ लाख सिरियाली शरणार्थीहरु रहेका छन् ।

पाँचवर्ष भन्दा बढी समयदेखि लेबनानमा रहेका सिरिया शरणार्थीका कारण देशमा आर्थिक र सामाजिक बोझ थपिएको छ । त्यसकारण लेबनान सरकारले सिरियाली शरणार्थी कडा सुरक्षाबीच गृहभूमि फर्काउन प्रोत्साहान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.