जापानको टोकियो क्षेत्रमा विद्युत् र पानी वितरण अवरुद्ध 

टोकियो, २५ भदौ : जापानको टोकियो नजिककैका झण्डै चार लाख २० हजार घरमा विद्युत् र पानी वितरण सेवा बन्द भएको छ ।

बुधबार बिहानै तुफान आएकाले बेलुकासम्म पनि विद्युत् र पानी वितरण सेवा अवरुद्ध भएको विद्युत् कम्पनीले जनाएको छ ।

छिमेकी कानाङ्वा प्रान्तमा जानीजानी विद्युत् सेवा काटेको बेला (ब्ल्याक आउट) जस्तो अनुभव भएको स्थानीयले बताएका छन् ।

चिबा, टोकियो र शिजुओका प्रान्तमा गर्मी बढेर औसतमा ३० डिग्री सेल्सियस पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यस क्षेत्रका २४ हजार ९०० घरहरुमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजेसम्म पानी नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विद्युत् सेवा नभएको बेला लु लागेर दुई जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार मृत्यु हुनेमा ९३ वर्षीय एक जना महिला र ६५ वर्षीय पुरुष रहेका छन् ।

वातावरण ठीक नभएकै कारणले उनीहरुको मृत्यु भएको हुनसक्ने धेरैको भनाइ छ । वृद्ध पुरुषको मृत्यु भएको बेला उहाँ भएको ठाउँमा ३५ डिग्री सेल्सियस तापक्रम थियो ।

स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका ६२ जना अस्पतालमा भर्ना भएको जनाएको छ । विद्युत् सेवा कटौतीका कारण ३७ जनालाई मात्रै उपचार सेवा उपलब्ध गराउन सकिएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.