कारबाहीमा तीस लडाकू मारिए

तालुकान, अफगानिस्तान , २५ भदौ : अफगानिस्तानको उत्तरी प्रान्त तखारमा भएको हवाई कारबाहीमा परी ३० तालिबान लडाकू मारिएका स्थानीय स्रोतले बुधबार जानकारी दिएका छन् ।

ख्वाजा बहाउद्दीन जिल्लाको बाहिरी इलाकामा उक्त हवाई कारबाही भएको थियो । सो कारबाहीमा परी कम्तीमा ३० लडाकू मारिनुको साथै अन्य कैयौ घाइते भएको अफगान सेनाका अधिकारी अब्दुल खलिल खलीलीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभयो ।

सो कारबाहीको क्रममा अपहरणकारीहरुको सवारी साधन पनि ध्वस्त पारिएको खलिलीले बताउनु भएको थियो । यो कारबाही अफगान वायुसेना वा नेटोको नेतृत्वमा गठबन्धन सेना कसले गरेको हो सो भने प्रष्ट भएको छैन ।

यसै महिनाको शुरुदेखि नै यो प्रान्तमा तािलबान लडाकू र सुरक्षा अधिकारीबीच भीषण भीडन्त हुँदै आएको छ ।

तालिबान लडाकू समूह र सुरक्षाबलसँगको ठूलो झडपपछि छिमेकीमा पर्ने याङगी काला र दार्कद जिल्लालाई तालिबानले कब्जा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.