स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त

स्टकहोम, २५ भदौ : स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त हुनुभएको छ । स्वीडेनको संसदको पहिलो सत्रमा उक्त घोषणा गरिएको हो । यसअघि विदेशमन्त्रीमा मार्गोट वाल्स्ट्रोम हुनुहुन्थ्यो ।

अनुभवी राजनीतिज्ञ आन लिन्ड स्वीडेनको विदेश व्यापार मन्त्री तथा नर्डिक मामिलासम्बन्धी मन्त्री हुनुहुन्थ्यो ।

नवनियुक्त आन लिन्डले विदेशमन्त्रीको जिम्मेवारी पाएकामा खुशी व्यक्त गर्नुभयो । गत शुक्रबार वाल्स्ट्रोमले आफूले पदबाट राजिनामा दिन चाहेको बताउनुभएको थियो । उहाँ पाँच वर्षसम्म स्वीडेनको विदेशमन्त्री हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.