कानूनी प्रक्रिया पूरा गर्ने सिजी टेलिकमको प्रतिवद्धता

काठमाडौँ, २६ माघ : नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पु¥याउन आतुर रहेको सिजी कम्युनिकेशनले जनाएको छ ।

लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट एकीकृत अनुमतिपत्रको प्रतिक्षामा रहेको भन्दै सो कम्पनीले विद्यमान कानूनी प्रक्रिया पूरा गरेर अगाडि बढ्न खोजेको स्पष्ट पारेको छ ।

कम्पनीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक निर्वाण चौधरीले एकीकृत अनुमतिपत्रका लागि प्राधिकरणमा आवेदन दिएको बताउनुभयो । उहाँले नवीकरण शुल्क सबै कम्पनीले किस्तामा तिर्ने कानूनी व्यवस्था रहेको र सोही अनुसार तिर्न तयार रहेको जानकारी दिनुभयो । आधारभूत टेलिफोन सेवाको अनुमति पत्रको सबै शर्त पूरा गरेको बताउँदै चौधरीले कानूनी प्रक्रिया पूरा गर्न कुनै कन्जुस्याईं नगरिने स्पष्ट पार्नुभयो ।

सेवा विस्तार गर्न अवश्यक फ्रिक्वेन्सीको कुनै समस्या नरहेको भन्दै चौधरीले २२०० सय र २३०० ब्यान्डका फ्रिक्वेन्सी खरिद गरी सेवा सञ्चालन गर्न तयार रहेको बताउनुभयो । नेपालीलाई सस्तो तथा गुणस्तरीय सेवा दिन आवश्यक पर्ने सबै तयारी पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.