क्यान इन्फोटेक फागुन २ देखि भृकुटीमण्डपमा

काठमाडौँ, २ पुस : सूचना तथा सञ्चार प्रविधिसम्बन्धी जानकार तथा विज्ञको छाता सङ्गठन कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासङ्घले आगामी फागुन २ देखि ७ गतेसम्म स्थानीय भृकुटीमण्डपमा सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलन आयोजना गर्ने भएको छ ।

पच्चीस वर्षदेखि आयोजना हुँदै आएको उक्त प्रदर्शनीको छदिने २६औँ संस्करणको उक्त प्रदर्शनीमा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सिसिटिभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रस्तुत गरिने महासङ्घले आज पत्रकार सम्मेलन गरेर बताएको छ ।

काठमाडौँ उपत्यकाबाहिर प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को वीरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय तथा प्रदेश ५ को नेपालगञ्जमा जिल्लास्तरीय प्रदर्शनी पनि आयोजना हुने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि (आइसिटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने प्राविधिक सहयोग उपलब्ध गराउन प्रदर्शनी हुन लागेको महासङ्घका महासचिव नारायण थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.