रौतहट र बारामा ९ जना संक्रमित थपिए, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं, ५ जेठ : रौतहट र बारामा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका १ जनामा कोरोना पुष्टि भएको हो ।

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बाराको करैयामाई-५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.