पछिल्लोपटक स्वास्थ्य सेवामा पाँच हजार स्वास्थ्यकर्मीको गुनासो

काठमाडौँ, १७ असोज : स्वास्थ्य सेवाका समायोजनमा गुनासो गर्ने कर्मचारीको सङ्ख्या पछिल्लो पटक पाँचहजारको हाराहारीमा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजन भई पदस्थापनापत्र पाइसकेका कर्मचारीलाई कुनै गुनासो भए प्रमाण र कारणसहित निवेदन दर्ता गराउन आजसम्मको समयसीमा निर्धारण गरेको थियो । आज ३ बजेसम्ममा करीब चार हजार ९०० ले मन्त्रालयमा निवेदन दर्ता गराएका मन्त्रालयले जनाएको छ ।

आज गुनासो दर्ता गराउने अन्तिम समयसीमा हो । मन्त्रालयले पछिल्लोपटक असोज ९ गते सूचना जारी गरी पदस्थापना पाइसकेका कर्मचारीलाई समायोजनसम्बन्धी कुनै गुनासो भएमा निवेदन दिन भनेको थियो । गुनासो गर्नेमा स्वास्थ्य सेवाका तल्लो निकाय स्थानीय तहमा कार्यरत अनमी र अहेवले वढी भएको बताइएको छ ।

निवेदनको दशँैपछि अध्ययन, विश्लेषण गरी पर्याप्त कारण र आधार भएमा समायोजन संशोधन गर्ने मन्त्रालयले जनाएको छ । अनमी र अहेवको समायोजनसंगै स्वास्थ्य सेवाका सबै समायोजन प्रक्रिया सकिने मन्त्रालयका जनस्वास्थ्य प्रमुख शम्भु काफ्लेले जानकारी दिनुभयो ।

अधिकांश कर्मचारीले आफू कार्यरत स्वास्थ्य सस्थामा नै समायोजन गरिदिन निवेदन हालेका छन् । गुनासो दर्ता गराइएकी अनमी लक्ष्मी सुनुवारले भन्नुभयो, “अनमी र अहेव भनेका स्वास्थ्य सेवाका तल्लो तहका महत्वपूर्ण पद हुन । यी पदमा कार्यरत स्वास्थ्यकर्मीलाई अपायक स्थानमा समायोजन गर्दा स्वास्थ्य सेवामा असर पर्छ । आफू कार्यरत स्वास्थ्य सस्था वा कार्यालयमा नै समायोजन भएमा सेवाको प्रभावकारिता आउँछ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.