अत्यावश्यक औषधिको औषधि मौज्दात राख्न निर्देशन

काठमाडौँ, १७ असोज : औषधि व्यवस्था विभागले क्यान्सर रोगको उपचारका लागि अति आवश्यक औषधिको अभाव हुन नदिन विभिन्न प्रकारका औषधि मौज्दात राख्ने निर्णय गरेको छ ।

भिनक्रिस्टाइन, भिनब्लस्टाइन र सिप्प्लाटिन, एफभी नामक औषधि बजारमा अभाव हुन नदिने र मौज्दात राख्न औषधि व्यवसायीलाई विभागले आग्रह गरेको छ । चाडपर्वका समयमा विशेष गरी क्यान्सर उपचारसम्बन्धी औषधिको बजारमा अभाव हुने गर्दछ ।

आज विभागमा औषधि आयातकर्तासित भएको छलफलमा विभागले क्यान्सर, मिर्गाैला, मुटुलगायत रोगसित सम्बन्धित औषधिको मौज्दास्थितका बारेमा विभागलाई जानकारी दिन आयातकर्तालाई निर्देशक दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो । अत्यावश्यक औषधिको विभागले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य नलिन विभागले आयातकर्तासित आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.