बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाइने 

धरान, २३ भदौ : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने तयारी भइरहेको बताउनुभएको छ । उहाँले गत वर्ष भएको प्रतिष्ठानको सिनेट बैठकले पनि विश्वविद्यालय बनाउने निर्णय गरिसकेकाले सरकारले पनि तयारी थालेको बताउनुभयो ।

प्रतिष्ठानमा विगतमा विवाद आए पनि अब प्रतिष्ठानलाई राम्रो बनाउन एकापसमा समझजदारी र समन्वयको खाँचो रहेको उपप्रधानमन्त्री यादवले बताउनुभयो । उहाँले प्रत्येक वडामा स्वास्थ्य चौकी, गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र, नगरपालिका सिटी अस्पताल, प्रदेशमा स्वास्थ्य प्रतिष्ठान धमाधम निर्माणको तयारीमा रहेको जानकारी दिनुभयो । पछिल्लो सयम देशभरी फैलिएको डेङ्गु नियन्त्रणका लागि सबै लाग्नुपर्ने भन्दै त्यसका लागि सरकारले अभियान चलाएको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा गुरुप्रसाद खनालले प्रतिष्ठानमा लामो समयदेखि रोकिएका विभिन्न पूर्वाधार निर्माणलाई निरन्तरता दिन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । आजै प्रतिष्ठानको ‘अर्थोपेडिक सर्जरी युनिट’को समेत उद्घाटन गरिएको छ । प्रतिष्ठानको २६औँ वार्षिकोत्सवका अवसरमा प्रदेश १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश सभामुख प्रदीपकुमार भण्डारीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.