आयुर्वेद चिकित्सकको अनुमतिपत्र परीक्षामा शतप्रतिशत उत्तीर्ण

काठमाडौँ, २२ भदौ : नेपाल आयुर्वेद मेडिकल काउन्सिलले आयुर्वेद चिकित्सकको अनुमतिपत्र (लाइसेन्स) परीक्षामा शतप्रतिशत आयुर्वेद चिकित्सक उत्तीर्ण भएका छन् । काउन्सिलले नेपालमा पहिलोपटक भदौ १४ गते लिएको सो अनुमतिपत्र परीक्षामा सहभागी भएका ६८ चिकित्सक शतप्रतिशत उत्तीर्ण भएका काउन्सिलले जनाएको छ ।

काउन्सिलका रजिष्ट्रार डा नारायण श्रेष्ठले आयुर्वेद चिकित्सकलाई समयानुकूल बनाउन अनुमतिपत्र परीक्षाको शुरुआत गरेको जानकारी दिनुभयो । आगामी दिनमा काउन्सिलले छ÷छ महीनाम परीक्षा लिने तालिकासमेत सार्वजानिक गरेको छ । परीक्षामा आयुर्वेदमा स्नातक तह (बिएएमएस तह) उत्तीर्ण गरी छ महीना इन्टरशीप समाप्त गरेका विद्यार्थीले सो परीक्षामा समावेश हुनसक्ने काउन्सिलले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरस्थित नेपाल आयुर्वेद क्याम्पसमा विसं २०५३ देखि आयुर्वेद तहका स्नातक अध्ययन अध्यापन शुरु भएको थियो । पछिल्लो समय स्नातकोत्तर तहकोसमेत अध्ययन शुरु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत आयुर्वेद चिकित्सक, कविराज तहका दरबन्दी रहेका छन् । नेपाल आयुर्वेद चिकित्सक सङ्घले नेपाल आयुर्वेद मेडिकल काउन्सिल गठन गरी आयुर्वेद चिकित्सकको अनुमतिपत्र परीक्षा लिने व्यवस्था मिलाउन मन्त्रालयको ध्यानाकर्षणसमेत गराउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.