काठमाडौं मुद्रण उद्योग संघको सातौं वार्षिक साधारणसभा सम्पन्न
रामहरि बस्नेत । काठमाडौं, १८ पुस : काठमाडौं मुद्रण उद्योग संघको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं मुद्रण उद्योग संघको बार्षिक साधारण सभा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । काठमाडौंको चोभार स्थित पार्कमा साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि महासंघका अध्यक्ष पुस्कल गौतमले कार्यक्रमको सफलताको शुभकामना दिँदै काठमाडौं मुद्रण उद्योग संघले निरन्तर रुपमा ब्यवसायीको हकहितका लागि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि अझ सशक्त रूपमा अघि बढ्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।
त्यसैगरी अर्का विशिष्ट अतिथि महासंघका निवर्तमान अध्यक्ष माधव के.सी.ले काठमाडौं मुद्रण उद्योग संघका हरेक गतिविधिहरूलाई नियालिरहेको र यसले आयोजना गरेका तालिम, सेमिनार, गोष्ठीहरूले संघलाई अझ उँचो बनाउने कार्य गरिरहेकोमा प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न शुभकामना व्यक्त गरे ।
साथै विश्व परिवेशमा आएको परिवर्तन जस्तै प्रविधिको क्षेत्रमा आएको ब्यापक परिवर्तनले गर्दा धेरै प्रकारका रोजगारी रिप्लेस हुने अवस्था आएको बताए । गुणस्तरमा प्रतिस्पधा गनुपर्नेमा मुल्यमा अस्वस्थ प्रतिस्पर्धा गरेर हामी आफैले आफैलाई घात गरेका बताए । साथै उनले मुद्रण ब्यवसायमा लागेका साथीहरूले सो कुरा ध्यानमा राखी नीति तथा योजना तर्जुमा तथा कार्यान्वयन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष माधव के.सी., महासंघका वरिष्ठ उपाध्यक्ष खुमकान्त रेग्मी, महासंघका बागमती प्रदेशका उपाध्यक्ष गोपाल प्रसाद ढकाल, भक्तपुर मुद्रण उद्योग संघका अध्यक्ष विश्व दुवाल, ललितपुर मुद्रण उद्योग संघका अध्यक्ष कमल पोखरेल लगायतका व्यक्तिहरुले शुभकामना मन्तब्य दिएका थिए । काठमाडौं मुद्रण उद्योग संघका अध्यक्ष घननारायण श्रेष्ठको अध्यक्षतामा साधारणसभा तथा वनभोज सम्पन्न भएको हो ।
त्यसैगरी कार्यक्रमका सभापति काठमाडौं मुद्रण उद्योग संघका अध्यक्ष घननारायण श्रेष्ठले संस्थाको सातौं वार्षिक साधारणसभा र वनभोज कार्यक्रम कोभिड–१९ को महामारीका बीच आयोजना गर्न पाउँदा आफु र सिंगो काठमाडौं मुद्रण उद्योग संघ गौरवान्वित भएको भन्दै उपस्थित भएका संघका सदस्यहरुलाई धन्यवाद प्रकट गरे । साथै सरकारले किताबमा लगाएको १०% भन्सार हटाएर स्वदेशी मुद्रण उद्योगलाई समाप्त पार्न लागेको भन्दै सरकारको आलोचना गरे ।