नेपालको कर प्रणाली र शिक्षामा लगानी विषयमा दंगालको कार्यपत्र माथी छलफल

काठमाडौँ, १० असोज : नेपालको कर प्रणाली र शिक्षामा लगानी विषयक गोष्ठी आइतबार राजधानीमा सम्पन्न भएको छ ।

गोष्ठीमा अर्थशास्त्रीहरु, सांसद, स्थानीय सरकारका प्रतिनिधीहरु, राजस्व प्रसाशन शाखाका प्रमुख, शिक्षक नेता, शिक्षाकर्मीहरु, टाफ्जा नेपाल, एनटिए र एक्सन एडका प्रतिनीधीहरुको उपस्थिती थियो ।

कार्यक्रममा अर्थशास्त्री डा. दिलनाथ दंगालले आत्मनिर्भरमुखी स्थानीय सरकार र शिक्षामा लगानी शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दै, स्थानीय सरकारलाई करको दायरा फराकिलो पारी राजस्व संकलनका माध्यमबाट केन्द्र र प्रदेश सरकारमाथीको निर्भरता घटाई आत्म निर्भर बनाउने र शिक्षाकालागि कर संकलन गर्ने तरिका सुल्झाउनु भएको थियो भने बरिष्ठ अर्थशास्त्री प्रा.डा. केशवराज खड्काले नेपालको ४२ प्रतिशत अर्थतन्त्र अहिले पनि अनौपचारिक अवस्थामा नै रहेको हुनाले करको दायरा बढाउने प्रसस्तै क्षेत्र भएको तथ्यांक पेश गर्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले कार्यपत्र माथी छलफल गर्नु भएको थियो भने कर नीतिसँग सम्वन्धी अन्य दुई ओटा कार्यपत्रहरु पनि प्रस्तुत भएका थिए ।

अर्थशास्त्री डा. दंगालद्वारा प्रस्तुत कार्यपत्रका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस ।

नेपालको कर प्रणाली र शिक्षामा लगानी विषयमा दंगालद्वारा प्रस्तुत कार्यपत्र

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.