अर्थतन्त्र संरचनागत ढंगले संकटोन्मुख रहेको अर्थशास्त्रीहरुको निश्कर्ष

काठमाडौं । २७ असार : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान र अर्थमन्त्री विष्णु पौडेलले आव २०७९/८०को बजेट विधि र मान्यतालाई कुल्चिएर ल्याएको हुनाले मान्न नसकिने बताउनु भएको छ ।

प्रज्ञा भवन कमलादीमा अनेरास्ववियु केन्द्रिय कमिटी कार्यालय विभागद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै पौडेलले यस्तो बताउनु भएको हो । गठबन्धनको सरकारले ल्याएको बजेट र बजेट प्रस्तोता अर्थमन्त्री नै विवादमा परेकाले अहिले देश बजेट बिहीनको अवस्थामा रहेको बताउनु भयो ।

कार्यक्रमा अर्का पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले अर्थतन्त्रका समान्य नियमपनि पालन नगरी बजेट ल्याएकोले यो कार्यान्वयन हुन नसक्ने बताउनु भयो ।

कार्यपत्र प्रस्तोता डा. दिलनाथ दंगाल

त्यसैगरी कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री डा. दिलनाथ दंगालले नेपालको संरचनात्मक ढंगलेनै संकटोन्मुख रहेको तथा अर्थतन्त्रमा वित्तिय क्षेत्र, मौद्रिक क्षेत्र, वाह्य क्षेत्र र आर्थिक वृद्धिमा एकै पटक विरलै चाप पर्ने गरेता पनि अर्थतन्त्रमा सरकारको गलत रवैयाका कारणले यो पटक यस्तो देखा परेको बताउनु भयो । अर्थतन्त्र सुधान हुनुको सट्टामा झन संकटोन्मुख हुन थालेकोमा चिन्ता पनि ब्यक्तगर्दै डा. दंगालले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने र नजाने आधारहरु पनि पेश गरेर संकटोन्मुख अर्थतन्त्रमा सुधारका उपायहरु पनि कार्यक्रममा राख्नु भएको थियो ।

बिस्तृतमा अर्थशास्त्री डा. दंगालद्वारा प्रस्तुत कार्यपत्र

Current Nepalese Economy
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.