“एउटा यस्तो प्रेम कहानी” को दोश्रो टिजर रिलिज

सुमित्रा फुयाल । काठमाडौँ, १ कार्तिक : चार दशक नेपाली चलचित्रमा अनवरत योगदान दिनुभएका कलाकार शिव श्रेष्ठले प्रस्तुत गरेको फिल्म “एउटा यस्तो प्रेम कहानी” को आज दोस्रो टिजर रिलिज भएको छ ।

२०७४ चैत्र ३० गते उपराष्टपति नन्दकिशोर पुनको उपस्तिथिमा शुभ मुहुर्त गरिएको फिल्मको २०७५ जेठ १ गते एक्सन टिजर रिलिज गरेका थियो । “मल्टी स्टार” र “बिग बजेट” फिल्म भएकाले सुटिङ सक्न प्राविधिक कारण केहि ढिलाई भएको निर्देशक दीपेश सापकोटाले बताउनु भएको छ ।

नेपाली मात्र नभएर पाकिस्तानी, बङ्लादेशी मार्फत नेपाली र सम्वन्धित देशको कला सँस्कृतीको उत्थानमा योगदान दिनुभएका कलाकार शिव श्रेष्ठ आफैले हालको कोभिड १९ को विषम परिस्थिति र नेपाली फिल्म उद्योगमा निराशा छाएको समयमा फिल्मको रिलिजको लागि तयार भएर आउनुलाई नेपाली फिल्म उद्योगको आकाशमा मडारिएको कालो बादलमा चाँदीको घेरा देखिएको भान भएको बताउनु भएको छ ।

फिल्म बाग्मती ब्यवसायिक रुपमा सन्तोषजनक नभए पनि निर्माता यसोधा राई र दिनेश दर्शनधारीले नेपाली फिल्म प्रतिको सद्भाव प्रष्ट पर्दै नेपाल सरकारले फिल्म प्रदर्शनको बाटो खोल्नासाथ एउटा यस्तो प्रेम कहानी हलमा प्रदर्शन गर्ने जमर्को गरेको गरेका छन ।

आज रिलिज गरिएको दोश्रो टिजरमा माया र सम्बेदनालाई सम्बोधन गर्ने दृश्य समेटिएका छन भने यसै फिल्म मार्फत डिब्युको तयारी गरेका शक्ति श्रेष्ठ र कविता मानन्धर यो दोश्रो टिजरमा आएर समिटिएका छन्। डेब्यु भए पनि उनीहरुले फिल्ममा गरेको मेहनत र अनुभवी कलाकार झै गरेको जिवन्त अभिनयले यस फिल्मको रौनक बढाउने हाम्रो अपेक्षा निमार्ण पक्षले गरेको छ ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मको निर्माता यसोधा राई र दिनेश दर्शनधारी र सह निर्माता खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: