‘अग्निदहन’ विदेशमा प्रदर्शन हुने

चिप्लेढुङ्गा, ९ भदौ : बोक्सी प्रथा विरुद्ध तयार पारिएको चलचित्र अग्निदहन विदेशमा प्रदर्शन हुनेभएको छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’को आयोजनामा यही साता मलेसिया, सिङ्गापुर र थाइलैण्डमा अग्निदहन प्रदर्शन हुँदैछ ।

तीनवटै देशमा रहेका नेपाली दूतावासको व्यवस्थापनमा सो चलचित्र प्रदर्शनको तयारी गरिएको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानाकारी दिनुभयो ।

प्रदर्शनी समारोहमा प्रतिष्ठानका अध्यक्ष उपाध्यायसहित वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेल, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि देवेन्द्र ढकाल तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका नवीनकिरण भुषाल सहभागी हुनेछन् ।

मलेसियाको राजधानी क्वालालम्पुरमा सुदूर पश्चिमेली नेपाली समाजको पाँचौँ अधिवेशन तथा गौरा पर्वको कार्यक्रममा अग्निदहन प्रदर्शन गरिनेछ । भदौ ११ गते सिङ्गापुरमा तथा भदौ १४ गते थाइलैण्डमा उक्त चलचित्र प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.