मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी नियुक्त

मकवानपुर, १४ साउन : वाग्मती प्रदेश मन्त्रिपरिषद्को भर्खरै सकिएको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा डा विश्वराज जोशीलाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा डा जोशीलाई नियुक्त गरेको सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । त्यसैगरी बैठकले वैदेशिक सहयोग प्राप्ति तथा कर छुटका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

उक्त बैठकले बालअधिकार समितिको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरिएको पनि प्रवक्ता ढुङ्गेलले जानकारी दिनुभयो । प्रदेशमा युवा परिषद् नियमावली संशोधनका लागि पनि सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: