प्रि–स्कुल अर्थात औपचारिक शिक्षाको पहिलो खुड्किलो

रामहरि बस्नेत । काठमाडौं, ९ माघ: प्रि–स्कुल अर्थात पूर्वप्राथमिक विद्यालय औपचारिक शिक्षाको पहिलो खुड्किलो मानिन्छ । अर्थात् यो शिक्षाको जग हो । “कलिला बाबु नानीहरुले कलम समाउन सिक्ने मात्रै होइन, बालबालिकाको शारीरिक र मानसिक विकासको लागि पनि प्रि–स्कुल अत्यन्त महत्वपूर्ण आधार मानिन्छ”, भन्नुहुन्छ मानसी किड्स प्यालेस कि प्रिन्सिपल सीता अर्याल । विद्याकी देवी सरस्वती पूजाको दिन नजिकिदै छ । यस दिनलाई शिक्षाको लागि उत्तम दिन मानिन्छ र अभिभावकहरुलाई आफ्ना बालबालिकालाई प्रि–स्कुलको बारेमा दोहोरो सोच बनाइरहनु भएको हुन्छ । त्यसैले प्रि–स्कुल को अन्यौल हटाउन यो सामाग्री तयारी गरिएको छ ।

प्रि–स्कुलको आवश्यकता बारे प्रकाश पार्दै मानसी किड्स प्यालेस, डिल्लीबजारकी प्रिन्सिपल सीता अर्याल भन्नुहुन्छ—“यसले बच्चाको शैक्षिक जग बसाल्न मात्रै नभई बच्चालाई सामाजिक बनाउन, आफ्नो उमेरका बच्चाहरुसँगै घुलमिल बनाउन, दोहोरो संवाद गर्न, शारीरिक मानसिक विकास गर्न, बच्चाहरुको स्वभाव व्यवस्थापन गर्न, बच्चाहरुको आत्मविश्वास बढाउन, परिवारिक वातावरणबाट बाहिर आई सबै खाले चुनौतीको सामना गर्न, आफ्नो नाम, साथी र वस्तुगत महत्त्व बुझ्न बच्चाहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न सिकाउन, सांस्कृतिक र प्राकृतिक महत्त्व बुझाउन महत्त्वपूर्ण योगदान गर्नुका साथै जागिरे अभिभावकका लागि बच्चाहरु हेरचाह गर्न पनि सहयोग पुर्याउँछ” ।

प्रि–स्कुलमा कलिला बालबालिका पढ्ने हुँदा त्यहाँको पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । प्राय प्रि–स्कुल सानो क्षेत्रमा सञ्चालन गरेको पाइन्छ तर बच्चाहरुलाई कक्षाकोठामा मात्र सीमित नभइ बच्चाहरुको क्रियाकलाप बढी गराउन खुल्ला ठाउँ हुनुपर्दछ । त्यसैलाई मध्यनजर गरेर आफुहरुले ठूलो क्षेत्रफलमा प्रि–स्कुल सञ्चालन गरेको बताउनु हुन्छ प्रिन्सिपल अर्याल । मानसी किड्स प्यालेस, डिल्लीबजारले बच्चाहरुको सर्वाङ्गीण विकासलाई ध्यान दिएर विद्यालयको पूर्वाधार तयार गरेको छ । खेल्ने खेल स्टेशन (Play Station) देखि लिएर बच्चाहरुको Neuro-motor (न्युरो मोटर) सीप तथा आखाँ र हातको संयोजनको लागि चाहिने मन्टेश्वरी ल्याव स्थापन गरिएको अर्याल बनाउनु हुन्छ । बालमैत्री वातावरण यस्ता विद्यालयको पूर्वाधारको महत्त्वपूर्ण पाटो हो । बच्चाहरुले प्रयोग गर्ने फर्निचरदेखि खेल सामाग्री, शौचालय बालमैत्री हुनुपर्ने बताउनु हुन्छ युरो किड्स, बुटवलकी प्रिन्सीपल अनिता खनाल । बच्चाहरुको अतिरिक्त कृयाकलापको लागि छुट्टै ठाउँ चाहिन्छ । त्यस्तै साना बच्चाहरुलाई सुताउन सफा कोठाको आवश्यकता पर्दछ ।

प्रि–स्कुल को अर्काे महत्त्वपूर्ण पक्ष हो, त्यहाँको जनशक्ति । प्रि–स्कुलमा हुने प्रिन्सिपल, शिक्षिका र अन्य कर्मचारी बाल प्रेमी हुनुपर्दछ । तालिम प्राप्त शिक्षिका नभएमा बच्चाहरुको स्वभाव र मानसिकता बुझ्न कठिन हुन्छ ।
कलिला बालबालिकालाई पढाउने पाठ्यक्रम बच्चाको शैक्षिक, मानसिक र शारीरिक वृद्धि हुने खालको हुनुपर्दछ । पढाउने नाममा बच्चाहरुलाई धेरै पढाउदा बच्चाहरुमा पढाईप्रति वितृष्ण हुने डर हुन्छ । त्यसैले बच्चाहरुको पाठ्यक्रम कक्षा १ लागि सहयोग हुने खालको हुनुपर्दछ भन्नुहुन्छ मानसी किड्स प्यालेस की प्रिन्सिपल । यो उमेरका बच्चाहरुलाई गराइबाट सिकाइ प्रवृतिमा जोड दिनुपर्दछ । बच्चाहरुलाई सकेसम्म बढी क्रियाकलाप गराएर सिकाइने गरिन्छ भन्नुहुन्छ यूरो किड्सकी प्रिन्सिपल ।

बच्चाहरुलाई पाठ्यक्रमका कुराहरुमा मात्र सीमित गर्नु कदापी हुदैन । उनीहरुलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक ज्ञानहरु पनि दिइने कुरा बताउनु हुन्छ मानसी किड्स प्यालेस, डिल्लीबजारकी प्रिन्सिपल । प्रि–स्कुलमा बच्चाहरु करिब ६ घण्टा रहने हुदा बच्चाहरुको खानामा विशेष ध्यान दिन पर्नेहुन्छ । बच्चालाई कम्तिमा २–३ पटक खुवाउने व्यवस्था हुन्छ । सफा र पौष्टिक खानेकुरा प्रि–स्कुलको अनिवार्यता नै हुनुपर्दछ । त्यसले बच्चाको शारीरिक विकासमा मद्दत गर्दछ ।
प्रि–स्कुलले बच्चाहरुको शैक्षिक, मानसिक, शारीरिक र समाजिक विकासमा मद्दत गर्ने भएकोले आफ्ना बाबु नानीलाई राख्नु अघि अभिभावक आफैले बुझेर भर्ना गर्नुपर्छ । बच्चाहरुको शैक्षिक जग कमजोर नहोस भन्नेमा अभिभावक सचेत हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.