रिलायन्स इन्टरनेशनल एकेडेमी संस्थागत विद्यालयतर्फ देशभरीमै प्रथम

रामशरण सापकोटा । काठमाडौँ, २४ भदौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा मुलुकभरबाट उत्कृष्ट हुने विभिन्न विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले मन्त्रालय आयोजित एक विशेष समारोहमा शिल्ड तथा प्रमाणपत्र प्रदान गनुभएको थियो ।

संस्थागत विद्यालयतर्फ रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाडौँ कपन प्रथम भएको छ त्यस्तै नेपाल पुलिस स्कुल, साँगा, काभ्रेपलाञ्चोक दोस्रो र भ्याली भ्यू इङ्लिस स्कुल, काठमाडौँ तेस्रो भएका छन । उत्कृष्ट भएका विद्यालयले पनि क्रमश रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाडौँ कपनले रु. तीन लाख, नेपाल पुलिस स्कुल, काभ्रेले रु. दुई लाख र भ्याली भ्यू इङ्लिस स्कुल काठमाडौँले रु. एक लाख पुरस्कार प्राप्त गरेका छन ।

यस्तै माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा सामुदायिक विद्यालयतर्फ मेघा माध्यमिक विद्यालय झक्तपुर प्रथम, रेसुङ्गा माध्यमिक विद्यालय गुल्मी दोस्रो र तरुण माध्यमिक विद्यालय बालाजु तेस्रो हुन सफल भएको छ ।

आयोजित उक्त समारोहमा उत्कृष्ट यसपटक सामुदायिक विद्यालयतर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) मा राष्ट्रियस्तरमा अमरसिंह माध्यमिक विद्यालय पोखरा प्रथम, सुकुना माध्यमिक विद्यालय मोरङ दोस्रो र भवानी विद्यापिठ माध्यमिक विद्यालय पर्वत तृतीय हुन सफल भएका छन ।

यस्तै संस्थागत विद्यालयतर्फ एसओएस हर्मन माइनर माध्यमिक विद्यालय कास्की प्रथम, नेपाल पुलिस स्कुल काभ्रे दोस्रो र सेन्ट जेभियर्स कलेज काठमाडौँ तृतीय हुन सफल भएको छ । उत्कृष्ट भएका ती विद्यालयलाई क्रमश रु. तीन लाख, दुई लाख र एकलाख पुरस्कार प्रदान गरिएको थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट छनोट भएका आङ्गिक शिक्षालयमध्ये बालाजु स्कुल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी, साझेदारीका रुपमा सञ्चालित शिक्षालय तथा संस्थामध्येबाट तानसेन स्कुल अफ हेल्थ साइन्स पाल्पा र सामुदायिक विद्यालय जनज्योति माध्यमिक विद्यालय सिन्धुली उत्कृष्ट भई रु. एक÷एक लाख पुरस्कार प्राप्त गरेका छन ।

यस्तै विश्वविद्यालय अनुदान आयोगबाट छनोट भई आङ्गिकतर्फ पुल्चोक क्याम्पस ललितपुर, सामुदायिक तर्फ जेएस मुरारका बहुमुखी क्याम्पस सिराहा र निजीतर्फ काठमाडौँ बर्नहार्ट कलेज बाफल उत्कृष्ट भई नगद रु दुई लाख ५० हजारका दरले पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.