सान्त्वना मेमोरियल कलेजकाे ओरेन्टेसन कार्यक्रम सम्पन्न

काठमाडौँ, ७ भाद्र । करिब २०० जना नयाँ भर्ना भएका ११ कक्षाका बिद्यार्थीकाे सहभागीतामा सान्त्वना मेमोरियल कलेजकाे ओरेन्टेसन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कलेका अध्यक्ष क्षितिज प्रसाद ढुङ्गेलकाे सभापतित्व र तीस बर्ष बैङ्क तथा वित्तिय क्षेत्रमा बिताउनु भएका सिभिल क्यापिटल का पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) झनकराज ढुङ्गेलकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

No description available.

कार्यक्रम काठमाडौं तिनकुनेकाे सिद्धार्थ कटेजमा निकै उत्साह र भव्य रुपमा भएको अध्यक्ष ढुङ्गेलले बताएका छन् । आगामी दिनहरूमा कसरी पठनपाठन हुने र नियमहरु के कस्ता रहने भन्ने बिषयमा कलेजका प्राध्यापक मनाेज काेइरालाले प्रष्ट पारेका छ्न् । त्यस्तै विभिन्न सङ्कायका शिक्षक शिक्षिकाहरुले आआफ्नो विषयमा के कस्तो हाे भनी जानकारी समेत गराएका छ्न् ।

कार्यक्रममा शिक्षाविद्, सञ्चारकर्मी तथा अभिभावकको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.