एसईई पछि विद्यार्थीहरूले कस्तो शैक्षिक संस्था छान्ने ?

हरिप्रसाद खनाल

हरिप्रसाद खनाल । काठमाडौं, २९ जेठ : हरेक बाबुनानीहरूले कक्षा १० (एसईई) को तयारी सकेर घरमा नै बसी रहनु भएको छ होला । हरेक अभिभावकज्यूहरूले आफ्ना बाबुनानीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले कस्तो कलेज पढाउने भनी खोज्दै हुनुहुन्छ होला । यस अवस्थामा तपाईहरूले अब छोराछोरी ठूला भइसके आफ्ना लागि कलेज आफै छान्दछन् भनेर कदापी नभन्नु र नसोच्नु होला । किन कि भर्रखरै कक्षा १० को पढाई सकेका कलिला छोराछोरीले आफ्नो भविष्य निर्माण गर्न तथा साथीभाइहरूको लहलहैमा लागेर साथीहरूले जुन कलेज पढ्ने भन्दछन् त्यही भन्ने गरेको हामी धरै अभिभावकहरूले भन्ने गर्दछौँ । म आज आदरणीय अभिभावकज्यूहरूका साथै प्यारा विद्यार्थी भाइबिहनीहरूसँग केही सुझाव सहित कस्तो कलेज छान्ने भन्ने विषयमा मेरो २० वर्षको शैक्षिक अनुभव तपाईँहरू समक्ष राख्ने अनुमती चाहान्छु ।

१. के तपाईँहरू कुनै पनि कलेजको भवन ठूला, रङ्गिन र राष्ट्रिय पत्रिकाका साथै टेलिभिजनहरूमा ठूलाठूला विज्ञापन देखेर छान्नु हुन्छ ?

२. के तपाईँ आफ्ना छोराछोरीले साथीहरूको लहडमा लागेर जे भन्यो तै मान्नु हुन्छ ?

३. के तपाईँ आफ्नो छोराछोरीलाई मोटरसाइकल र स्कुटी माग्दैमा दिएर कलेज पठाउनु हुन्छ ?

यी माथीका कुराहरूमा तपाईँहरूले एकचोटी अवश्यक सोच्नु होला कृपया ! तपाईँ हाम्रा कलिला बाल मष्तिश्कमा यी कुराहरूले प्रत्यक्ष प्रभाव पारी रहेको हुन्छ । त्यसैले यस कुरालाई निराकरण गर्नका लागि तपाईँ हामीले समयमै सोच विचार गरौँ । अब म तपाईँहरूलाई कस्तो कलेज छान्ने भन्ने कुरामा केही कुरा राख्दछु । यदी तपाईँ हामीले हाम्रा बालबच्चाहरूको लागि उपयुक्त कलेजको खोजीमा हुनुहुन्छ भने निम्न कुराहरूमा ध्यान दिन जरुरी हुन्छ ।

१. कलेजको भवन साना होस या ठूला होस् त्यहाँको वातावरणको बारेमा बुझ्नुहोस् ।

२. कलेजमा अध्ययापन गराउने शिक्षकशिक्षिका कस्ता हुनुहुन्छ, कति वर्ष देखि अध्ययापन गराईरहेका हुनुहुन्छ र वहाँहरूको बानीव्यहोराको बारेमा सामान्य जानकारी राख्नु हुन अनुरोध छ ।

३. कलेजले लिने शुल्क के कस्तो छन् यी कुराको पनि उचित मात्रामा ध्यान दिनु हुन अनुरोध छ । किन कि तपाईँ हामीले वर्ष भरीको कमाईले मेरो छोराछोरीको शुल्क तिर्न मलाई कत्तिको कठिनाई हुन्छ । हाम्रो सोच विचार धेरै महङ्गो तिरियो भने राम्रो हुन्छ भन्ने मानसिकता र समाजमा आफ्नो रवाफ देखाउने होडबाजीले गर्दा पनि हामी धेरै महङ्गो कलेज छान्ने गर्दछौँ ।

४. तपाईँले विगत त्यस कलेजको रिजल्टका साथै त्यहाँबाट पास भएका विद्यार्थीहरूको उच्च शिक्षा हाँसिल गर्नको लागि कस्ता–कस्ता कलेजमा नाम निकाल्न र विदेशी विश्वविद्यालयहरूमा छात्रवृत्तिका प्राप्त गरेका छन् यस विषयमा सामान्य जानकारी राख्नु हुन अनुरोध गरिन्छ ।

५. कलेजले आफ्ना विद्यार्थीहरूको लागि कस्ता खालका (भ्ऋब् ऋइऋब्) का कार्यक्रमहरू सञ्चालन गराँउनुका साथै वृत्ति विकासको लागि अन्य कार्यक्रम सञ्चालन हुने छन् सो को जानकारी लिनु हुन अनुरोध गरिन्छ ।

आदरणीय अभिभावकज्यूहरू तपाईँ हामी हाम्रा बालबच्चाको बानी व्यहोराको बारेमा सबै भन्दा पहिला तपाईँ हामी नै जानकार छौँ । त्यसैले उनीहरूको बानी व्यहोराको बारेमा तपाईँले जुन कलेजमा अध्ययन गर्नको लागि भर्ना गराउँनु हुन्छ, सो कलेजको प्रशासनलाई केही न केही आफ्ना बालबच्चाको बानी व्यहोराको बारेमा सामान्य जानकारी दिनु होला । किन कि यसबाट कलेजले तपाईँ हाम्रा बालबच्चाको लागि गर्ने व्यवहारमा सहजता हुन्छ । बालबच्चाको बानीव्यहोराका साथै उनीहरूको आन्तरिक र बाह्य शाररिक रोग तथा अन्य जानकारीले भोली हुने कुनै पनि घटनाको लागि उपयुक्त हुन्छ । भनिन्छ “आफ्नो बच्चाबच्ची बिग्रेको अरुबाट थाहा हुन्छ” यो भनाई कसरी यथार्थ हुन्छ भने, हाम्रा बालबच्चाहरू तपाईँ हाम्रो निगरानी हुने ठाउँहरूबाट अलि परको वातावरणसँग घुलमिल हुन्छन् । यसै कारणले पनि तपाईँ हामीले हाम्रा बालबच्चा बिग्रेका तपाईँ हामीलाई थाहा नहुनु पनि स्वाभाविकै हो ।

अर्को महत्वपूर्ण कुरा तपाईँ हामी अब छोराछोरी ठूला भए कलेजको शुल्क तिर्न आफै सक्छन भन्ने हामीलाई लाग्छ र हामी शुल्कको साथै अन्य खर्च पनि दिने गर्दछौँ र छोराछोरीले कलेजमा शुल्क तिरेको नतिरको कुराको जानकारी कलेज मार्फत हामी बुझ्ने कोसिस पनि कम गर्दछौँ । तपाईँ हामीलाई त छोराछोरी माथि पूर्ण विश्वास भएकाले गर्दा पनि शुल्क बुझाएको हो भनेर सोधि हाले पनि बुभाए भनेर भन्ने बित्तिकै हामी विश्वसा मान्दछौँ र तिरेको शुल्कको विल माग्दैनौ । यी कारणले छोराछोरीले तपाईँ हामीलाई छल गरी रहेको हामीले पत्तै पाउँदैनौ र अन्तिममा मात्रै कलेजले जानकारी गराए पछि मात्र हामी झसङ्ग हुन्छौँ ।

आदरणीय अभिभावकज्यूहरू तपाईँ हामीले बेलाबेलामा आफ्ना बालबच्चाको पढाई कस्तो छ र कलेजमा उसले देखाउने चालचलनको पनि निगरानी राख्नु जरुरी हुन्छ । त्यसैले कलेज प्रशासनको र तपाईको सम्बन्ध राम्रो छ भन्ने जानकारी बालबच्चालाई भएमा उनीहरूले गर्ने व्यवहार अलि राम्रो हुने गरेको देखिन्छ । हामीले हाम्रा बालबच्चालाई जति विश्वासमा राख्न सकौँ भने त्यति नै विश्वासिलो हुने पनि हुन्छन् । किन कि सबैलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन समग्रमा बुझ्ने गर्नु पर्दछ ।

आदरणीय अभिभावकज्यूहरू अब कसरी हामीले हाम्रा बालबच्चालाई कुलतमा फस्नबाट जोगाउने त (१० वर्ष देखि १९ वर्ष उमेर समूहलाई किशोरकिशोरी, बालबालिका, वयस्क भनिन्छ ।) त्यसैले यो उमेर समूहमा छिटो छिटो शाररिक, मानसिक अवस्थामा परिवर्तन हुने हुँनाले पनि यो उमेरमा गर्ने क्रियाकलाप विशिष्ट खालको हुन्छ । यो अवस्थामा तपाईँ हामी अभिभावकहरू बालबच्चासँग नजिक हुने, उनीहरूको कुरा सुन्ने, उनीहरूका समस्या के छन् जानकारी लिने र उनीहरूका साथीभाइका बारेमा सामान्य जानकारी राख्ने गर्नु पर्दछ । यसबाट उनीहरूलाई मेरो अभिभावक म सङ्ग खुलेर कुरा गर्नु हुन्छ भन्ने विश्वसा बालबच्चालाई पर्न जान्छ र उनीहरूले ढाँटछल गर्ने गर्र्दैनन् । हामीले यही उमेर समूहका बालबच्चा बढी भन्दा बढी बिग्रने उमेर समूहमा पर्ने गर्दछन् । त्यसैले हामीले समयमा नै उनीहरू समस्या बुझेर उनीहरूसङ्ग घुलमलि हुँदै, उनीहरूको पढाई लगायत अन्य क्रियाकलापमा हामी पनि सहभागी भयौँ भने हामीले हाम्रा बालबच्चालाई राम्रो अवस्थामा पु¥याउन सक्छौँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.