“कलाकार आकस्मिक सहयोग संकलन अभियान” मा कोरियाबाट सहयोग प्रदान

बोम्जन गुरुङ । दक्षिण कोरिया, १ जेठ : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाले कोरोना भाईरस (कोभिड-१९) को महामारी फैलिरहेको अवस्थामा नेपालमा लकडाउनको असरले समस्यामा परेका सम्पूर्ण कलाकारहरुलाई विशेष लक्षित गरि आर्थिक सहयोग गरेको छ ।

नेपाल स्थित राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल केन्द्रले रिता थापा मगरको संयोजकत्वमा बनेको आकस्मिक सहयोग समितिलाई ५१ हजार १ सय ११ रुपैया सहयोग गरेको हो । संकलित सो रकमबाट वास्तविक पीडितको पहिचान गरि राहत प्याकेज उपलब्ध गराउने तीव्र तयारी भईरहेको जनाईएको छ ।

सन् २०१८ मा स्थापित यस राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाले विभिन्न मनोरञ्जनामक कार्यक्रमका अतिरिक्त विभिन्न संस्थाहरुसँग समन्वय गर्दै सामाजिक कार्यहरुमा अग्रसरता देखाउदै आइरहेको यस शाखाले केही महिना अगाडी गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाद्वारा सञ्चालित “एक व्यक्ति, एक स्वास्थ्य किट्स” अभियानमा रु. दश हजार अर्थात १ लाख वोन सहयोग गरेको दक्षिण कोरिया शाखा अध्यक्ष जीतन भाई श्रीषले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.