हिक्मतलाई करातेमा दुई स्वर्ण 

पोर्चुगल, ६ असोज : ‘अमेरिका कराते कप’मा नेपालका हिक्मत घर्तीमगरले दुई स्वर्ण पदक जितेका छन् । अमेरिकाको न्यूयोर्क शहरमा भएको उक्त प्रतियोगितामा आइतबार उनले ६७ किलो तौल समूहको कुमुते र एकल कातातर्फ स्वर्ण हात पारेका हुन् ।

दुवै स्पर्धामा हिक्मतले फाइनलमा अमेरिकाका खेलाडीलाई पराजित गरेका थिए । उक्त प्रतियोगितामा ४० देशका कराते खेलाडी सहभागी थिए । सो प्रतियोगितामा नेपालबाट भाग लिने हिक्मत एक्ला खेलाडी हुन् । सन् २०१५ देखि पोर्चुगलमा बस्दै आएका उनी नेपालको प्रतिनिधित्व गर्दै खेल्न अमेरिका गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.