क्यान्सर पीडित सुषमालाई पोर्चुगलबाट आर्थिक सहयोग

पोर्चुगल, २ भदौ : रक्त क्यान्सरबाट पीडित लमजुङ बेशीशहर नगरपालिका–९ की १९ वर्षीया सुषमा दीक्षितको उपचार सहयोगार्थ सङ्कलन गरिएको रकम नेपाल पठाइएको छ ।

यहाँ सञ्चालन गरिएको ‘रक्त क्यान्सर पीडित सुषमा बचाउ अभियान’ अन्र्तगत सङ्कलन गरिएको एक हजार २६६ युरो अर्थात् रु एक लाख ५८ हजार ५०० सहयोग रकम नेपाल पठाइएको अभियानका अभियानकर्मी सुनिल ढुङ्गानाले राससलाई जानकारी दिनुभयो ।

घरपरिवारको आर्थिक स्थिति निकै कमजोर रहेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएको खबर बेशीशहर नगरपालिकामार्फत जानकारी प्राप्त भएपछि दीक्षितको जीवन रक्षाका लागि सहयोग रकम सङ्कलन गरेर नेपाल पठाइएको ढुङ्गानाले बताउनुभयो ।
विगत तीन वर्षदेखि रक्त क्यान्सरबाट पीडित दीक्षितको हाल काठमाडौँ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सहयोग रकम बेशीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालमार्फत दीक्षितको परिवारलाई हस्तान्तरण गरिने ढुङ्गानाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.