पौडी खेल्ने क्रममा लिम्बुको मृत्यु

कतार, २७ साउन : बैदेशिक रोजगारीका क्रममा बिगत १३ वर्षदेखि यहाँ कार्यरत रहेका सागुरीगढी गाउँपालिका–३ धनकुटाका ललितबहादुर लिम्बुको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परी निधन भएको छ ।

लिम्बु कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकारलगायत विभिन्न सामाजिक संस्थामा रहनुभएको थियो । उहाँको निधनले नेपाली समुदायमा क्षति पुगेको भन्दै धनकुटा समाजका महासचिव रवीनमगरद्वारा जारी शोक वक्तव्यमा चाँडै नै शव नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको जानकारी दिँदै दुख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.