हनुमन्ते जग्गा एकीकरण आयोजना शुरु   

भक्तपुर, १७ साउन : सामान्य विवादका कारण रोकिएको भक्तपुरकै महत्वपूर्ण योजनाका रुपमा रहेको हनुमन्ते करिडोर निर्माण कार्य सञ्चालन गरिने भएको छ । हनुमन्ते जग्गा एकीकरण आयोजना व्यवस्थापन उपसमितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको अध्यक्षता तथा पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा आज भएको छलफलले करिडोर र आयोजना दुवै एकैपटक अगाडि बढाउने निर्णय भएको हो ।

विगत केही समयअघिदेखि जग्गाको सामान्य विवादका कारण निर्माण रोकिएको करिडोर निर्माणले अब तत्काल अघि बढ्ने भएको सूर्यविनायक नगरपालिकाका प्रमुख थापाले बताउनुभयो । करिडोर निर्माणका क्रममा आएका समस्यालाई समाधान गर्दै निर्माण कार्यलाई अघि बढाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । बैठकमा हनुमन्ते जग्गा एकीकरण आयोजना क्षेत्रमा उपभोक्ता (सहयोग) समिति गठन गर्ने, आयोजना क्षेत्रको डिपिआरका लागि पुनःसूचना जारी गर्ने, हनुमन्ते नदीको करिडोर र जग्गा एकीकरण आयोजनाको कार्य सँगसँगै गर्ने र आयोजना प्रमुखको छनोटका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

सांसद बस्नेतको विशेष पहलमा दुई अर्ब रुपैयाँ बजेट विनियोजन भई शुरु भएको हनुमन्ते करिडोर निर्माण सम्पन्न भएसँगै भक्तपुरको विकासमा नयाँ आयाम थपिने र भक्तपुर कोटेश्वरको जामसमेत हट्ने विश्वास लिएको छ । करिडोरले वर्षायामसँगै प्रत्येक वर्ष हुने भक्तपुरको डुबानको समस्या दीर्घकालीनरुपमा समाधान हुने, अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा करिडोर प्रयोगमा आउने भएको छ ।

कार्यक्रममा हनुमन्ते जग्गा एकीकरण आयोजना व्यवस्थापन उपसमितिका उपाध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सदस्य सूर्यविनायक नपाका उपप्रमुख जुना बस्नेत, मध्यपुर नपाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रतिनिधि सुभासचन्द्र अर्याल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, शहरी विकास मन्त्रालयका प्रतिनिधि इ विवेकबहादुर सिंह, उपत्यका विकास प्राधिकरणका कानून अधिकृत घनश्याम पौडेल, नापी कार्यालय भक्तपुरका अधिकृत ज्ञानेन्द्र विष्टको सहभागिता थियो ।

त्यस्तै मथिनपा वडा नं ३ का वडाध्यक्ष प्रेमबहादुर कुटु, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष अमृतमान श्रेष्ठ, सुनपा वडा नं २ का वडाध्यक्ष कमलनाथ आचार्य, वडा नं ३ का वडाध्यक्ष शिवशरण खत्री, वडा नं ४ का वडाध्यक्ष उक्तम थापा, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रतिनिधि डोरकाजी श्रेष्ठ, सदस्य सचिव प्रेमलाल भासिमा, वाग्मती प्रदेशका सांसद रजनी जोन्छे, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, सुनपाका अनिरुद्र नेपाल र सांसद बस्नेतका स्वकीय सचिव दिनेश थापा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: