प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौं, २७ असार :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पतालले जनाएको छ ।  अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ । ६९ वर्षीया दाहाललाई बिहान ८ बजे कार्डियक अरेस्ट भएको अस्तपालले आफ्नो विज्ञप्तीमा जानकारी दिएको छ ।

लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । सीता दाहाललाई पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएससी) भनिने रोगबाट पीडित दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो ।

उनमा ६ वर्षदेखि देखिएको एक दुर्लभ रोग थियो पीएसपी । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी रोग पार्किन्सन जस्तो जटिल रोग उनमा देखिएको थियो ।  यस रोगबाट पीडित सीताको मानसिक असन्तुलन, बोल्न र हिँड्न समस्या देखिएको थियो ।

२०७४ सालमा छोरा प्रकाश दाहालको निधन भएपछि उनमा यो रोगले झनै च्यापेको थियो । २०७४ मंसिर ३ गते छोरा प्रकाश दाहालको निधन भएको थियो ।

सीता दाहालको पार्थिव शरीरलाई अहिले बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने र आजै २ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Norvic1689132707.JPG

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.