राष्ट्रपति पौडेलबाट शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण

काठमाडौं, २९ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका छन् ।

उनले सोमबार लैनचौरस्थित स्मारक पुगेर शहीदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका हुन् ।

राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन छ । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले शपथ लिएका हुन्।

उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिएको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.