काभ्रेमा सिभिल क्यापिटल मार्केटकोे पुँजीबजार सचेतना कार्यक्रम
काभ्रे, ९ चैत्र : सिभिल क्यापिटल मार्केट लिमिटेडद्वारा मनकामना बचत तथा ऋण सहकारी संस्था र बेथानचोक जेसिसका सदस्यहरुलाई शेयर बजार सम्बन्धी अन्तरक्रिय तथा लगानीकर्ता सचेतना कार्यक्रम बेथानचोक गाउँपालिका वडा नं. २ पार्वती माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा वेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, मनकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण दाहाल, बेथानचोक जेसिज बर्ष २०२१ अध्यक्ष हरिकृष्ण दाहाल, सिभिल क्यापिटल मार्केट लिमिटेडका व्यापार प्रबद्र्धन विभाग प्रमुख दिपक कुमार शाह, नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार फोरम का सदस्य अधिवक्ता ज्योति दाहाल, समेतको सहभागिता रहेकोे थियो।
कार्यक्रममा मनकामना बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, कर्मचारी एवं शेयर सदस्यहरु, जेसीजका पदाधिकारी तथा संस्थाका शेयर सदस्य लगायत स्थानीय व्यक्तिहरु सहित करिब २०० जना को उपस्थिति रहेको थियो ।
छिटो छरितो तथा ग्राहकमुखि सेवा दिदै ग्राहक एवं लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने संस्था प्रतिबद्ध रहेको छ ।
संस्थाले निष्काशन तथा विक्री प्रबन्धकसँगै सिभिल क्यापिटल पुँजी बजारमा ग्राहकहरु माझ लोकप्रिय बन्दै गएको, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, ७५,००० भन्दा माथि डीम्याट (डीपी) सेवा, नौ बटा कम्पनीको शेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको कुरा प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्री झनकराज ढुंगेलले वताउनु भयो । यस्ता सचेतना कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरिने समेत सिइओ ढुंगेलले जानकारी दिनु भएको छ ।