सहयात्री साकोसको अध्यक्षमा सुवेदी

दिपेन्द्र बस्नेत । काठमाडौँ, २२ पुस : सहयात्री बचत तथा ऋण सहकारी संस्था लि. मिनभवन काठमाडौंको १५ औं वार्षिक साधारणसभाले खेमराज सुबेदीको अध्यक्षतामा ७ सदस्यीय संचालक समिती सर्वसम्मत निर्वाचित गरेको छ । काठमाडौं नयाँ बानेश्वर स्थित क्राउन ब्याङक्वेटमा स्वास्थ्य सतर्कताका साथ प्रतिनिधि सदस्यहरुकाबिच नयाँ नेतृत्व चयन तथा तथा स्थापना दिवस सम्पन्न भएको छ ।

गोपिनाथ घिमिरेको संयोजकत्वमा नबदुर्गा ढुंगेल र जुना डाँगीको निर्वाचन समितिले उपाध्यक्ष नृपेन्द्र श्रेष्ठ, सचीव सुमन कर्ण, कोषध्यक्ष सन्तोष सापकोटा, सदस्यहरुमा शिलाशोभा श्रेष्ठ, रिता भट्टराई र बिष्णु गिरि तथा महेश प्रसाद सुबेदीको सम्योजकत्वमा ३ सदस्यीय लेखा समिति सदस्यद्वय लिलाहरी उपाध्याय र चिना भट्टराई सहितको सर्बसम्मत निर्वाचित भएको घोषणा गरेको थियो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ नेफसकुनका अध्यक्ष परितोश पौड्याल र महासंघका संचालक टेक प्रसाद चौलागाईंले हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

अध्यक्ष खेम सुवेदीको अध्यक्षतामा बसेको साधारणसभामा प्रमुख अथिती राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ का सदस्य के.बि. उप्रेती, नेफ्सकुनका अध्यक्ष परितोश पौड्यालको तथा महासंघका संचालक टेक प्रसाद चौलागाइको बिशिस्ट आतिथ्यता, सहकारी बैंक बानेश्वर शाखा प्रमुख बिष्णु गिरिलगायत अथितिहरुको उपस्थिति थियो ।

सभालाई सम्बोधन गर्दै सहकारी बैंकका अध्यक्ष के.बि. उप्रेतीज्युले पुँजीको पर्याप्तताको निश्चिन्त हुन, सहकारी मुल्य मान्यता र पारदर्र्शी कारोबार गर्न, एउटा मात्रै संस्थासङ कारोबार गर्न र अर्र्को लगानीमा सहकारी बैंकको गरिबी निवारण कर्जा उपभोग गरि उल्लेख्य न्यून ब्याजदरमा लगानीको आश्वासन समेत दिनुभयो । काठमाडौं तथा देशभरका लघुबित्त कार्यक्रम सन्चलन गर्ने सहकारी संस्थाको आफ्नै परिस्कृत पद्धति सहितको पाठशाला भएको र संस्थाको स्थापना देखि नै संस्थालाई नजिकबाट नियालेको र उन्नति प्रति खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेफ्स्कुनका अध्यक्ष परितोश पौड्यालले संस्थालाई अब स्तरिकरण कार्यक्रममा सहभागी हुन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव सीप र प्रशिक्षणमा सहभागी भइ आधुनिक प्रबिधि तर्फ उन्मुख हुनुपर्ने बताउनु भयो । सहकारी महिला लघुबित्तको अन्तर्राष्ट्रिय अनुभव र प्रबिधिलाई नेफ्स्कुन पुलको भुमिका निर्बाह गर्ने बताउनु भयो । सदस्यहरुको उद्यमशिलता प्रबद्र्धन गरि स्वरोजगार अभिबृद्धीमा लाग्न समेत अनुरोध गर्नुभयो ।

नवनिर्वाचित समितीको क्षमता अभिबृद्दी तालीम (CUDCC) अबिलम्ब आयोजना गर्न र चारबर्से रणनीति तर्जुमा गरि अघि बढ्न निर्देशन गर्नुभयो । सभालाई महासंघका संचालक टेकप्रसाद चौलागाईंले संस्थाको स्थापना देखि प्रत्येक गतिविधिमा नजिकबाट सम्लग्न भै सुझाव सल्लाह प्रदान गर्दै आएको र संस्थाको प्रगतिमा खुशी व्यक्त गर्नुभयो । सदस्यहरुलाइ सधै सकारात्मक र खुशी बन्न उत्प्रेरित गर्दै स्वरोजगार र उद्यमशिलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: