१८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दे राष्ट्र बैंक

काठमाडौँ, २५ असोज : नेपाल राष्ट्र बैंकले सोमबार रु १८ अर्ब २५ करोडबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये रु तीन अर्बको ट्रेजरी बिल भने नयाँ हो भने रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।

बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको सूचनामा उल्लेख छ । बैंकका अनुसार रु तीन अर्बबराबरको नयाँ र रु १५ अर्ब २५ करोडबराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ । सो ट्रेजरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ ।

यस्तै केन्द्रीय बैंकले यही असोज २० गते रु १० अर्बबराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: