सनराइज बैंकद्वारा बालमन्दिरलाई सहयोग  

काठमाडौँ, २३ असोज : सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाल मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

बैंकको प्रमुख कार्यालय गैरीधारामा आज भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बालमन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई रु एक लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभयो ।

बैंकले आफ्नो वार्षिकोत्सवमा नेपाल बाल सङ्गठनलाई आवश्यक खाद्यसामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकामा यस वर्ष कोभिड—१९ को कठिन अवस्थालाई विचार गरी ती सामग्री खरिदका लागि नगद सहयोग गरिएको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । बाल मन्दिरका अध्यक्ष न्यौपानेले आफूहरुलाई सम्झेर सहयोग गरेकामा बैंक परिवारलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.