सूर्योदय लघुवित्त र वोमीवीच मर्जर सम्झैतामा हस्ताक्षर

सुमित्रा फुयाँल । काठमाडौँ १६ भदौ : स्याङ्गजाको पुतलीबजार नगरपालिकामा केन्द्रीय कार्यालय रहेको सुर्योदय लघुवित्त वित्तीय संस्था र काभ्रे जिल्लाको बनेपा १४ साँगामा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्त वित्तीय संस्थावीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ ।

दुबै संस्थाका सञ्चालक समितिका सदस्यहरु उपस्थित रहेको उक्त कार्यक्रममा सुर्योदयका अध्यक्ष लेखनाथ खनियाँ र वोमीकी अध्यक्ष विन्दीया श्रेष्ठ प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । मर्जर पछि उक्त संस्थाको नाम सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ भने केन्द्रीय कार्यालय काठमाडौँ उपत्यका (काठमाडौँ र ललितपुर महनगरपालिका वाहेक) मा रहने सम्झौतामा उल्लेख छ ।

संयुक्त मर्जर कमिटिमा सुर्योदयको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा  र एक बहादुर गोदार तथा वोमीको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाई, र शिवप्रसाद मिश्र रहेका छन् भने  रहेका छन्  । सम्झौता अनुसार हाल सुर्योदयका सीईओ मोक्ष प्रसाद पंगेनी मर्जरपछि बन्ने संस्थाको सीइओ बन्नेछन् भने हाल वोमीका सीइओ प्रमेश आचार्य मर्जरपछि बन्ने संस्थाको डेपुटी सीईओ रहने छन्  ।

सम्झौतामा डिडिए गरेर स्वाप रेसियो तय गरिने र आगामी पुस मसान्तसम्म मर्जर प्रक्रिया सम्पन्न गर्ने सहमति भएको छ । सुर्योदयमा हाल ७३०८० तथा वोमीमा ८०,२३१ सदस्य संख्या रहेका छन भने सुर्योदयका १०२ र वोमीका ८१ शाखा रहेका छन । सुर्योदय लघुवित्तको चुक्ता पुंजी २४ करोड ८० लाख ४२ हजार ९२५ रहेको छ भने वोमी लघुवित्तको चुक्ता पुंजी ४१ करोड १९ लाख ४४ हजार ४०० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.