केदार सङ्केतको कृति ‘अफगानी रणमैदान’ लोकार्पित

काठमाडौँ, २८ फागुन : काठमाडौं साहित्यकार केदार सङ्केतको नवनीतम कृति ‘अफगानी रणमैदान’को राजधानीमा लोकार्पण गरिएको छ ।

प्रमुख अतिथि वरिष्ठ साहित्यक पत्रकार रोचक घिमिरे सहित समीक्षकहरू प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, प्राध्यापक डाक्टर कुमार कोइराला, डाक्टर नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्त रुपमा उक्त कृतिको विमोचन गर्नु भएको हो ।

कार्यक्रममा वक्ताहरूले सर्जक सङ्केतको यस कृति युद्ध साहित्यमा रुची राख्नेहरूका लागि एउटा महत्वपूर्ण दस्तावेज हुने बताए । नेपाली भाषामा युद्ध साहित्यमा अहिलेसम्म महत्वपूर्ण कृति नलेखिएको भन्दै वक्ताहरुले नेपाली साहित्यमा यस कृतिको खास महत्व प्रमाणित भएको धारणा राखेका थिए ।

युद्धको बर्बर अवस्था बाहेक माया, प्रेम, यौवन, आफ्नो माटो सहित व्यङ्ग्यका पक्षहरूहरुलाई समेत बेजोडसँग समेट्न कृति सफल भएको वक्ताहरूको भनाइ थियो । सांग्रिला बुक्सले यो पुस्तक प्रकाशित गरेको हो ।

यस अघि सङ्केतका ‘आफैं जलिरहेको देश (कविता सङ्ग्रह)’, ‘एथेन्सको झरी (नियात्रा)’, ‘सङ्केतका कविताहरू’ लगायत विभिन्न कृति प्रकाशित भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.