नेपाली कविताको प्रादेशिक इतिहास तयार पारिने 

काठमाडौँ, १७ साउन : नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य/काव्य) विभागबाट यो इतिहास तयार पार्न लागिएको हो । विभागका प्रमुख प्राज्ञ प्रा डा हेमनाथ पौडेलले देशका सातवटा प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य आरम्भ भइसकेको बताउनुभयो ।

पौडेलका अनुसार नेपाली कविताको प्रादेशिक इतिहास लेखनका लागि प्रदेश नंं १ का लागि प्रा डा भोलानाथ पोखरेल, दुईका लागि तोयाराज घिमिरे, वाग्मती प्रदेशका लागि डा गीता त्रिपाठी, गण्डकी प्रदेशका लागि प्रा डा यदुनाथ ढकाल हुनुहुन्छ ।

त्यस्तै प्रदेश ५ का लागि डा विन्दु शर्मा, कर्णाली प्रदेशका लागि प्रा जगतप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका लागि श्यामसुन्दर ढकाल र बद्रीप्रसाद बिनाडीलाई जिम्मेवारी प्रदान गरिएको छ । “प्रादेशिक इतिहास तयार भएपछि प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय योजनाअन्तर्गत ‘नेपाली कविताको इतिहास’ लेखन कार्यको थालनी गरिने छ”, प्राज्ञ प्रा डा पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.