प्रलेस प्रतिभा पुरस्कार सीतालाई

काठमाडौँ, ३१ भदौ : प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ ।

सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले पुरस्कार चयन समितिको सिफारिशलाई अनुमोदन गरेको हो । पुरस्कारको राशि रु १० हजार रहेको छ ।

पुरस्कार चयनका लागि उपाध्यक्ष रामप्रकाश पुरीको संयोजकत्वमा गठित समितिले विकट क्षेत्रमा रही जातीय उत्पीडन र वर्गीय भेद्का विरुद्ध सङ्घर्षरत रही साहित्य सिर्जनामा आबद्ध भएकाले विकलाई पुरस्कार दिन सिफारिश गरेको महासचिव आरएम डङ्गोलले बताउनुभयो । सिफारिश समितिमा डा भागवत आचार्य र शोभा दुलाल सदस्य हुनुहुन्थ्यो ।

सङ्घका पूर्वअध्यक्षले आफूले पाएको रु दुई लाखको पुरस्कार राशिबाट पुरस्कारको अक्षयकोष खडा भएको हो । आगामी असोज ६ गते स्थापना दिवसमा पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.